काठमाण्डौँ, २२ असार । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् ।ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालल दिनुभएको जानकारी अनुसार कलाकार ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । यो घटना गए राति  लगभग ११ बजे तिरको हो ।

उनी ३१ वर्षका थिए ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी निजको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।

ताम्राकारले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायतका अभिनय गरेका थिए। उनी हाल चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त थिए ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर