काठमाडौ, १२ असार । अलिबाबाका संस्थापक ज्याक मा १५ दिनको पर्यटक भिसामा आज दिउसो नेपाल आइपुग्नुभएको छ ।
चीनबाट बंग्लादेशहुँदै भीटीसी एमए चार्टर फ्लाइटमा उहाँ यहाँ आइपुग्नुभएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
उहाँसँगै ६ जना पुरुष र एक महिला गरी सातजना नेपाल आउनु भएको छ। कुन उध्देश्यका लागि उहाँ आउनुभएको कुरा खुलाइएको छैन् ।
