काठमाण्डौँ, ७ असार ।संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा यस यामको मनसुन सुरु भएसँगै मुलुकका विभिन्न भूभागमा भएको वर्षा र बाढीपहिरोबाट हालसम्म १३ जनाको मृत्यु भएको छ । यो बाढी र पहिरोमा परेर २६ जना बेपत्ता छन् भने आठ जना घाइते भएका छन् ।
यो जानकारी संसद्को दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्रालयका निमित्त सचिव महादेव पन्थले गराउनु भएको हो ।
समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा सिंहदरबारमा बसेको बैठकमा निमित्त सचिव पन्थले जानकारी गराउँदै बताउनुभयो : क्षतिको अन्य तथ्याङ्क आउन बाँकी छ। यतिबेला क्षतिको तथ्यांक संकलनकासाथै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको छ ।
वर्षा र बाढीपहिरोबाट पूर्वका तीन जिल्ला संखुवासभा ताप्लेजुङ र पाँचथर बढी प्रभावित छन् ।
