काठमाडौं, २३ चैत । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटी पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण बढ्न गई थप १७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
थप उक्त सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसेगरी पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमित विसेक भएका छन् । यो संख्यासँगै अहिलेसम्म २ लाख ७३ हजार ३४२ जना सङ्क्रमित विसेक भइसकेको मन्त्रालयले जनाएको छ ।
अहिले १६७२ जना सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुइजनाको मृत्यु भएको छ । यो संख्यासँगै मृतक संख्या ३०३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर