काठमाडौ, १६ जेठ । भारतले सिद्धार्थ गौतम (बुद्ध) जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गर्नुभएको नयाँ संसद् भवनमा अंकित अखण्ड भारतको नक्सामा सो नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको छ ।

यस विषयलाई लिएर परराष्ट्र मन्त्रालयका अधिकारीले अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि प्रतिक्रिया दिने जनाएको छ ।

सो पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ । भारतका केन्द्रीय संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले अखण्ड भारतको संकल्प स्पष्ट रहेको उल्लेख गरेका छन् ।

भाजपा लोकसभा सांसद मनोज कोटकले नयाँ संसद्मा अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर