रामपुर, ६ जेठ । सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ ।
यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो ।
सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।
कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नविकरणको काम थालेको छ ।
तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताउनुभयो ।रासस
