काठमाडौं, २२ चैत । पछिल्लो चौबीस घण्टामा ३४५६ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
सो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
यससँगै सङ्क्रमितहरुको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा मात्र ९९ सङ्क्रमित पुष्टि भएका छन् । त्यसमध्ये काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना रहेका छन् ।
यसैगरी अहिले १६७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
