काठमाण्डौं, २ जेठ । गए राति भएको खेल हारेपछि लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको आगामी सत्रको स्पर्धाबाट बाहिरिने सम्भावनातिर धकेलिएको छ ।

लेस्टर २०१६ को प्रिमियर लिग विजेता हो । तर त्यसपछिका सत्रमा उसले यस लिगमा आफ्नो वर्चस्व त्यति खासै देखाउन सकेको छैन ।

गए रातिको त्यस खेलमा लिभरपुलले लेस्टरलाई ३-० ले हराएको हो । यो हारसँगै लेस्टर ३६ खेलबाट ३० अंक जोडी तालिकाको १९ औं स्थनामा झरेको छ ।

उता पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गर्दै आएको लिभरपुले पनि शीर्ष चारमा रहने र अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग खेल्न पाउने स्थिति पक्का गरेको छैन । सम्भावना बचाउँदै संघर्षरत छ ।

लिभरपुल ३६ खेलबाट ६५ अंक बटुल्दै तालिकाको पाँचौं स्थानमा छ ।

उ भन्दामाथि ६६ अंककासाथ न्युक्यासल र म्यान्चेस्टर युनाइटेड क्रमशः तेस्रो र चौथो स्थानमा छन् । ती दुबै टीमले ३ खेल्न बाँकी छ भने लिभरपुलले २ खेल मात्र खेल्न बाँकी छ ।

त्यसैले लिभरपुल शीर्ष चारमा पुग्न त्यति सहज छैन । किनकि बाँकी खेल उ आफूले जितेर मात्र पुग्दैन न्यू क्यासल र म्यनयुले अन्य टीमसित हार्नु पर्नेछ ।

सुरुदेखि नै राम्रो लयमा रहेको आर्सनलले पछिल्ला खेलहरुमा त्यो लय कायम राख्न नसक्दा अब लिगको उपाधि फेरि पनि म्यान्चेस्टर सिटीकै पोल्टामा पर्ने लगभग निश्चित देखिएको छ ।

राम्रै लयमा रहेको सिटीलाई अब बाँकी तीन खेलमा एक खेलको जितले उपाधि चुमाउने छ ।

सिटी यसअघिका लगातार दुई सत्रको प्रिमियर लिग च्याम्पियन हो ।

एक अर्को टिमले ३८ खेल खेल्नु पर्ने यो लिगमा अहिलेसम्म सिटी ३५ खेलबाट ८५ अंक जोडेर शीर्ष पहिलो स्थान छ ।

३६ खेल खेलिसकेको आर्सनलले ८१ अंकको साथ दोस्रो नम्बरमा रहेको छ ।

यी दुबै टीमले आगामी सिजनको च्याम्पियन लिगको लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

न्यु क्यासल, म्यानचेस्टर युनाइटेट र लिभपुलमध्ये कुन दुई शीर्ष चारमा कायम रहन्छन् अबका खेलको रोचक भिडन्तले त्यसको छिनोफानो गर्नेछ ।

चार खेल खेल्न बाँकी रहेको ब्राइटन ५८ अंकका साथ छैटौं स्थानमा छ । बाँकी सबै खेल जितेमा उसको अंक ७० पुग्छ ।त्यो स्थितिमा न्यु क्यासल र म्यानचेस्टर युनाइटेटलाई शीर्ष चारमा रहिरहन र लिभरपुललाई त्यहाँ पुग्न हार्ने छुट छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर