काठमाडौं, २१ चैत । पछिल्लो चौबीस घण्टामा २७२७ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
थप उक्त सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १६१ जना सङ्क्रमित विसेक भएका छन् भने यो सँगै विसेकहुनेको कुल सँख्या २ लाख ७३ हजार १२३ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले १६१३ जनामा सक्रिय सङ्क्रमण छ । पछिल्लो चौबीस घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३०३२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर