काठमाडौैँ, ५ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
सभाले प्राज्ञहरूको कार्यविभाजन र विभाग गठन गर्नेसम्बन्धी परिषद्बाट भएका निर्णय पनि अनुमोदन गरेको छ ।
प्रतिष्ठानका संरक्षक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको आतिथ्यतामा सोमबार भएको सभाले परिषद्का निर्णय अनुमोदन गरेको जनाइएको छ ।
प्रतिष्ठानमा नयाँ नेतृत्व आएपछि यो पहिलो सभा (बैठक) बसेको हो । रासस
