काठमाण्डौं, ३ बैशाख । इङ्लिस प्रिमियर लिगको आज आइतबार भएको खेलमा वेस्ट हामले शीर्ष स्थानमा रहेको आर्सनललाई बराबरीमा रोकेको छ ।
वेस्ट हामको घरेलु मैदानमा भएको खेलमा १० मिनेट भित्रै दुइ गोल गरेको आर्सनल यो अग्रता जोगाउन नसक्दा अब दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीसित ४ अंकको दुरीमा खुम्चिन पुगेको छ । यसले गर्दा लिगको उपाधि निरन्तर राख्न सिटीलाई थप फाइदा हुन पुगेको छ ।
यस कारण कि सिटीले आर्एसनल भन्दा एक खेल कम खेलेको छ ।
एक अर्को टिमले ३८ खेल खेल्नु पर्ने यो लिगमा अहिलेसम्म सिटीले ३० खेल खेलेको छ भने आर्सनलले ३१ खेलिसकेको छ ।
आजको खेलमा आर्सनलका जिससले ७ र डेगार्डले १० औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा सेस्ट हामलाई पेनाल्टी मिल्यो, उसले मौका चुकाएन । खेलमा आर्सनलले पनि पेनाल्टीको मौका त पाएको थियो तर साकाले त्यो अवसरको सदुपयोग गर्न सकेनन् ।
यसपछि मभ्यान्तरपछिको नवौं मिनेटमा वेस्ट हामका वोएनले गोल गरे । त्यसपछि गोल भएनन् । खेल बराबरीमा सकियो र आर्सनल अंक बाड्न बाध्य भयो ।
यो खेलपछि १५ औं स्थानमा रहेको वेस्ट हामले ३० खेलबाट ३१ अंक बनाएको छ ।
आजको यो खेल सकिएसँगै ३१ खेलबाट आर्सनलको ७४ अंक छ भने दोस्रो स्थानमा रहेको सिटीको ७० अंक छ ।
