मंगलबारे, २८ चैत । इलाममा यौटा बढेमानको अचम्मको ढुङ्गा छ । यो ढुंगालाई हातको औलाले हल्लाउन सकिन्छ तर यता उता सार्न भने सकिंदैन । यो ढुङ्गा स्थानीय माङसेबुङ गाउँपालिकास्थित माङमालुङ गाउँमा रहेको छ ।

यसको प्रचारकासाथ पर्यटक भित्र्यउने उद्देश्यले लागि  माङमालुङ महोत्सवको आयोजना गरिने भएको छ ।

महोत्सव आयोजक समितिका सचिव कमल कार्कीका अनुसार आगामी वैशाख १ र २ गते महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय कृषि उपज तथा सामग्री बिक्री–वितरण गरिनेछ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि महोत्सवबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने समितिका अध्यक्ष किरणकुमार राईले जानकारी दिनुभयो ।

औँलाले हल्लाउन सकिने सो ढुङ्गा तथा यस क्षेत्रका पर्यटकीयस्थल र कृषि क्षेत्रको प्रवद्र्धनका लागि यहाँ माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिन लागेको स्थनीयले बताए ।

ढुङ्गाको छुट्टै आकर्षण छ । यसलाई चक्रशिला भन्ने गरिएको छ ।यो  गोही आकारको ढुङ्गामाथि अडिएर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर