काटमाठौ, २७ फागुन । जेसेफ हाई स्कुल स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा आज यहाँ रजत महोत्सव, अभिभावक दिवस, सम्मान तथा साँस्कृतिक कार्यक्रम गरियो ।
स्कुलको संस्थापक प्रिन्सिपल सूर्यबहादुर अधिकारीको सभापतित्व एवं वरिष्ठ लोक गायक तथा अमेरिकाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा लोकगायक महत र नेशनल प्याव्सनका अध्यक्ष पाण्डव हमालको सम्मान गरिनुका साथै विभिन्न महानुभावलाई सम्मान एवं मायाको चिनो लोक गायक महत र वरिष्ठ पत्रकार रमेश तूफानले प्रदान गर्नुभयो ।
कार्यक्रममा स्कुलका शिक्षिकाहरु र ६,७,८ र ९ का विध्यार्थीव्दारा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महतले जोसेफ हाईस्कुलले योग्य र सक्षम विध्यार्थी तयार पारेको वताउँनुहुँदै अहिले तिनै विध्यार्थीहरु विदेशमा ठुलठुला स्थानमा पुगेको वताउनुभयो ।
स्कुलका प्रिन्सिपल मनोज अधिकारीले स्कुलको शैक्षिक गतिविधिमाथि प्रकाश पार्दै स्कुलले आजसम्म गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ भन्नुभयो ।
उहाँले अभिभावकहरुलाई आफ्ना नानीहरुलाई मोवाइल दिनुको सट्टा अन्य घरायसी कार्यमा व्यस्त बनाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थापक प्रिन्सिपल सूर्यवहादुर अधिकारीले आठजना विध्यार्थीबाट सुरु गरिएको स्कूलमा अहिले २२ जति विध्यार्थी अध्ययनरत छन् भन्नुभयो ।
यसैगरी नेशनल प्याव्सनका पूर्व अध्यक्ष कर्ण वहादुर शाही वर्तमान अध्यक्ष पाण्डव हमाल लगायतका महानुभावले स्कुल २५ वर्ष पुगेकोमा शुभकामना दिनुभएको थियो ।
