कास्की, ६ फागुन । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ ।
पोखरामा आज सम्पन्न म्याराथन (४२।१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो ।
उहाँ १६औँ संस्करणको समेत विजेता हुनुहुन्छ ।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्नुभएको थियो । उपाधिसँगै उहाँले रू पाँच लाख पुरस्कार पाउनुभयो । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिनुभयो ।

यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभयो । उहाँले रू तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले रू दुई लाख पुरस्कार पाउनुभयो । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गर्नुभएको थियो । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रू ३० हजार पुरस्कार पाउनुभएको छ । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर