काठमाडौ, ४ फागुन । वैज्ञानिकहरूले शुक्रकीटको पौडिन सक्ने क्षमता रोक्ने उपाय पत्ता लागेपछि गर्भ निरोधका लागि पुरुषहरूले सेवन गर्ने चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन्।

उनीहरूका अनुसार त्यस्तो औषधिमा कुनै पनि हर्मोन प्रयोग गरिएको हुँदैन र माग भए उत्पादन गर्न सकिन्छ।

मुसामा गरिएको परीक्षणमा उक्त औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइयो।
त्यति समय शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन र गर्भ बस्न नदिन पर्याप्त हुन्छ।

तर मानवमा परीक्षण गर्नुअघि धेरै चरणमा अरू परीक्षण हुन बाँकी नै छ।

मानवका लागि उपलब्ध भए पुरुषहरुले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि यस्तो चक्की सेवन गर्न सक्छन्।

तर उनीहरुले औषधि कति बेलासम्म प्रभावकारी हुन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर