काठमाण्डौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व कप्टेन सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा चलिरहेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले मंगलबार यो निर्णय गरेको हो ।

बैठकका सहभागी एक सदस्यले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपमाथि लागेको निलम्बन फुकुवा भएको जानकारी दिदै भन्नुभयो ‘बैठकको मुख्य एजेन्डामध्ये सन्दीपको फुकुवा पनि एक थियो । आजको बोर्ड बैठकमा त्यो पास भएको छ । बैठकमा उपस्थिति सबै सदस्यले सन्दीपको फुकुवामाथि सहमति जनाएका छन् ।’

यो बैठक सात जना सदस्यले बहिस्कार गरेका छन् ।

क्रिकेटर लामिछानेमाथि एक बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ । उनी यस अभियोगको मुद्दा झेल्दै छन् ।

बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले गत भदौमा निलम्बन गरेको थियो ।

सन्दीप गत २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसपछि चलेको मुद्दमा जिल्ला अदालत काठमाडौंले  फैसला दिदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यो फैसला विरुद्ध लामिछाने उच्च अदालत गएका थिए ।

पाटन उच्च अदालतले गत पुस २९ गते २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए ।

सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि २३ भदौमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

उच्च अदालतले क्षेत्राधिकार बाहिर गएर धरौटीमा छाडेको भन्दै महान्यायाधीवक्ता कार्यालयले निजलाई थुनामै राख्नुपर्ने माग राखी सर्वोच्च अदालतमा मगलबारै निवेदन दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर