काठमाडौँ, १३ चैत । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट थप ४ जनाको मृत्यु भएको छ ।
मृत्युको यो सँख्यासँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३०२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ४ हजार ४ सय १६ आरटी पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा २४ घण्टामा ७० जना संक्रमित विसेक भएका छन् । यससँगै विसेक हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर