काठमाडौं, १३ चैत । भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्न सक्ने सम्भावना भएकोले सोको नियन्त्रणका लागि सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको बैठकमा भएको निर्णय अनुसार कडाइ गरिने भएको हो ।
बैठकले सार्वजनिक यातायातमा अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरू राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमन समेतलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर