काठमाडौँ, १९ मंसिर । दोलखामा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने एमालेका शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन्।

दोलखा प्रदेशसभा–१ मा   नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भए ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर