दोधारा चाँदनी, ७ मङ्सिर । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरुदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताउनुभयो । उहाँले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार पाँच सय ९९ मत बदर भएको जानकारी दिनुभयो ।
अछाम–२ मा कांग्रेसका शाह विजयी
अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले छ । शाहले छ हजार आठ सय ४० मत बढी ल्याउनुभएको हो । अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो ।
इन्द्र बानियाँ विजयी
मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ९२० मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी हुनुभएको छ ।
उहाँले १८ हजार सात सय १६ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गर्नुभयो । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पार्नुभएको हो ।
विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताउनुभयो । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उहाँको भनाइ छ ।
