काठमाडौँ, ६ मङ्सिर ।  काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका  महामन्त्री गगनकुमार थापा   विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचित भएपछि मंगलबार सञ्चाकर्मीसँग कुरा गर्दै थापाले इमान्दारका साथ भोट दिएर आफूलाई निर्वाचित गराएको भन्दै जनताको विश्वासलाई घात नगर्ने बताएका हुन्।

थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताए। उनले यो निर्वाचनमा गठबन्धनले नै बहुमत ल्याउने  र गठबन्धनकै सरकार बन्ने दावी  गरे।

थापा निर्वाचन भएकै क्षेत्रबाट ५ उम्मेदवारले  १० मत पनि कटाउन सकेनन् ।  निर्वाचनमा १० उम्मेदवारबाहेक अरूले १०० मत कटाउन सकेनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर