गण्डकी, ५ मङ्सिर । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा २ मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो ।

दुई हजार सात सय २३ मत सहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी
मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।  –

मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी बनेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर