माले, २४ कात्तिक ।  माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।

प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन् ।

भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ ।

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छभने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ

उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन । अधिकारीका अनुसार मृत्यु भएका १० जनामध्ये आठजना भारतीय, एक बङ्गलादेशी र अन्य रहेका मालदिभ्सको आभास पत्रिकाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । मृतकमध्ये एक जनाको समाचार तयार पार्दासम्म पहिचान खुल्न  सकेको छैन ।मालदिभ्सको सञ्चार स्रोतका  अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरूममा फसेका थिए ।

गणतन्त्र दिवसको कार्यक्रम शुक्रबारका लागि सारियो

मालेमा भएको आगलागीपछि बिहीबार हुने भनिएको माल्दिभ्सको गणतन्त्र दिवसको कार्यक्रम शुक्रबार हुनेगरी स्थगित गरिएको छ । माल्दिभ्सको राजधानी मालेमा भएको भीषण आगलागीको घटनापछि माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले बिहीबार गणतन्त्र दिवसको अवसरमा हुने औपचारिक कार्यक्रम स्थगित गरिएको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर