चितवन, २३ कात्तिक । राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व तिलकप्रसाद सापकोटाको आज निधन भएको छ । विसं २००१ माघ १७ गते बागलुङको दमेकमा जन्मिनुभएका सापकोटा गैँडाकोट नगरपालिका वडा नं ८ मा बसोबास गर्दै आउनुभएको थियो ।

दम रोगका कारण विगत तीन वर्षदेखि समस्या भोग्दै आउनुभएका सापकोटामा थप समस्या देखिएपछि मङ्गलबार दिउँसो १ बजे भरतपुर अस्पताल ल्याइएको थियो । राति सेन्ट्रर अस्पताल लगिएका उहाँको आज बिहान ११ः४५ बजे निधन भएको परिवारले जानकारी दिएको छ ।

बागलुङ हुँदै नवलपरासीलाई आफ्नो राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आउनुभएका नेपाली कांग्रेसका पुराना नेता सापकोटाका दुई श्रीमती, सात छोरा र चार छोरी हुनुहुन्छ । छोराहरू देशबाहिर रहेकाले उहाँको अन्त्येष्टि शुक्रबार या शनिबार गरिने परिवारिक स्रोतले जनाएको छ ।प्रजातन्त्र सेनानी सङ्घका संस्थापक एवं केन्द्रीय सदस्य उहाँ पार्टीका विभिन्न पद हुँदै सधैँ सल्लाहकारको भूमिकामा रहनुभयो ।

 

 

 

 

 

 

–––

प्रतिक्रिया

सम्बन्धित खवर