काठमाण्डौं, २० कार्तिक । अष्ट्रेलियामा भैरहेकोआइसिसी पुरूष टी-२० विश्वपकप अन्तर्गत सुपर १२ को आज विहान भएको खेलमा दक्षिण अफ्रिका नेदरल्याण्डसँग १३ रनले पराजित भएको छ।
यो पराजयसँगै दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरिएको छ भने एक खेल अगावै भारतको लागि सेमिफाइनल पक्का भएको छ ।
अब यो समूह २ बाट पाकिस्तान र बंगलादेशमध्ये एक सेमिफाइनलमा पुग्ने छन्। यी दुइबीच अहिले गर या मरको खेल भैरहेको छ ।
बिहानको खेलमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १५९ रनको मध्यम लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनायो र सेमिफाइनलको दौडबाट बाहिरियो।
ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिका पाँच अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।
भारत आजै साँझ जिम्बावेसित खेल्दैछ ।
