काठमाण्डौं, २० कार्तिक । यस सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो शनिबार राति भएको खेलमा फुलहामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पहिलो स्थानमा उक्लिएको छ ।
हाप टाइम अघि नै सिटीका खेलाडी क्यान्सेलोले रेडकार्ड पाएको कारण यो टीम १० खेलाडीमा सीमित थियो । तथापि सिटीले आफ्ना घरेलु दर्शकलाई निराश हुन दिएन । २-१ को जित निकाल्यो।
निर्धारित समयपछिको इन्ज्युरी समयमा प्राप्त पेनाल्टीको अवसरलाई त्यस टीमका स्टार खेलाडी एर्लिङ हालान्डले खेर जान खिएनन्, सुन्दर ढंगले गोलमा परिणत गरेर जित निकाले।
यो जितसँगै सिटी अंक तालिकाको शीर्ष पहिलो स्थानमा उक्लिएको हो। सिटीले १३ खेलमा ३२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनलको ३१ अंक छ। आर्सनलले आज साँझ चेल्सीको सामना गर्नेछ। २१ अंक जोडेको चेल्सी सातौं स्थानमा छ।
यस्तै सिटीसँग हिजो पराजित भएपछि फुलहम १९ अंकसहित आठौं स्थानमा छ।
हिजोको खेलमा फुलहामका एन्टोनी रबिन्सनले सिटीका केभिन डे ब्रुएनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले त्यो पेनाल्टी पाएको थियो ।
उसो त खेलको १७ औं मिनेटमा सिटीले जुलियन अल्भारेजको गोलमा अग्रता लिएको थियो।तर त्यसको केही समयभित्रै पेनाल्टी क्षेत्रभित्र फुलहामका ह्यारी विल्सनलाई लडाए सिटीका खेलाडीले लडाएर पाएको पेनाल्टी किकमा गोल गरेर फुलहामले खेल बराबरी बनार सिटीलाई दबावमा राखेको थियो ।
फुलहमका लागि आन्द्रिएस परेराले पेनाल्टी गोल गरेका हुन् ।
