काठमाण्डौं, १८ कार्तिक । काठमाण्डौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सन्दीपमाथि एक १७ वर्षीया नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।
लामिछानेको मुद्दामा आज शुक्रबार थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो
सोमबार काठमाण्डौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले यो आदेश दिएसँगै क्रिकेटर लामिछानेलाई केन्द्रीय कार्यालय जगन्नाथदेवल पठाइने भएको छ ।
सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
