वीरगञ्ज, २८ असोज । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको छ ।
वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको हो ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिनुभयो । उहाँले शल्यक्रियामार्फत बच्चा जन्माउनुभएको हो । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर