काठमाडौं, १४ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जना पीसीआर र १५९४ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो।
मन्त्रालयका अनुसार १०३ जना संक्रमित विसेक भएका छन् भने
सक्रिय कोरोना संक्रमितको संख्या १००४ पुगेको छ।
