काठमाडौं, १३ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट १३०७ र एन्टिजेनबाट १३७१ नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार ७० जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या १०७७ पुगेको छ।
