काठमाडौँ, ३ असोज । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस
सैनिक मञ्च, टुँडिखेलमा आज एक समारोहको आयोजना गरी मनाइयो ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो ।
मूल समारोह समितिद्वारा आयोजित उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुहुन्थ्यो ।

समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर