काठमाडौं, २ असोज । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
बारको आज बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको जानकारी बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिनुभएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले हिजो अपराह्न कायममुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताउनुभएपछि बारले आकस्मिक बैठक बोलाएर सो निर्णय गरेको हो ।
प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क जबराको रहेको छ ।
