वासिङटन डिसी, २ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिनुभएको छ ।
युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्न सक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताउनुभएकोहो । ।
यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताउनुभएको हो । बाइडेनले युद्धमा थप विवेक गुमाएमा रूसी विश्वमा अस्वीकृत हुनेछन् ।
युक्रेनले पश्चिमी सहयोगीहरूले सहयोग गरेको भारी हतियारहरूको कारण हालैका हप्ताहरूमा रुसी सेनाको कब्जाबाट पूर्वको केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ ।
रसियाको कब्जामा रहेको इज्युम शहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ । कीभका अधिकारीहरू भन्छन्, निकालिएका प्रायः सबै शवहरूमा यातनाको सङ्केत देखिएको छ ।
तर पुटिनले रूसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आउनुभएको छ । पुटिनले शुक्रबार यो योजना यही अवस्थामा नरोकिने बताउनुभएको थियो । उहाँले भन्नुभयो, डोनबासमा हाम्रो आक्रामक अभियान पनि रोकिएको छैन । तर त्यो केही सुस्त गतिमा चलिराखेको छ । रुसी सेनाले नयाँ र नयाँ भूभाग कब्जा गरिरहेको छ ।एजेन्सी
