अछाम, १ असोज । गएराती अछाममा पहिरो जाँदा ९ जना बेपत्ता भएका छन् । तुर्माखाँद गाउँपालिका–५, नाडाको काँडाचौर गाँउमा गएको पहिरोले दुई घर पुरिएका छन् ।

सो पहिरोले स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनिषा शाही र छोरी बिमला शाही, रितबहादुर शाही (रिठे) कि बुहारी भावना शाही, कमला शाही तथा छोरा सून्दर शाही र उनकी दुई नातिनी र काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही पनि वेपत्ता भएका छन् ।

यसैगरी नेत्रबहादुर शाहीका घरका सबै सदस्य , रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् ।
सो घटनाबारे जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई जानकारी गराइएको स्थानीय टोपेन्द्र शाहीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर