काठमाडौं,३० भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एटिजेन परिक्षण गर्दा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरको १६७४ जना र एन्टिजेनको २११६ जनामा परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १३७ जना संक्रमणबाट विसेक भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या २१२९ पुगेको मत्रालयलले जनाएको छ।
