काठमाडौ, ३० भदौ । संसदको महाभियोग सिफारिस समितिमा ४ जना पूर्वप्रधानन्यायाधीश र सर्वोच्चका बहालवाला न्यायाधीशहरू बयान दिन नजाने हुुुनुभएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समितिमा बयान दिने क्रममा उहाँहरुलाई विभिन्न आरोप लगाउनुभएपछि उहाँहरुसँग समितिले वयान लिने निर्णय गरेको थियो ।

उक्त आरोपका सम्वन्धमा बयान लिन समितिले उहाँहरुलाई पनि बोलाउने निर्णय गरेको थियो ।

समितिले बोलाएका पूर्वप्रधानन्यायाधीशहरू समितिमा बयान दिन नजाने कुरा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताउनुभयो । उहाँले त्यस बारेमा साझा घारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई आज बोलाएको थियो।समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर