काठमाडौ, ३० भदौ । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै सो जनाएको हो।

महानगरव्दारा जारी सूचना अनुसार चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ।

सार्वजनिक स्थलमा त्यसरी कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलवाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिबाना गर्ने चेतावनी दिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर