काठमाडौं, २९ भदौ । पछिल्लो केही महिनादेखि बढेको डेंगुको प्रकोपबाट अहिलेसम्म ९ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७५ जिल्लाबाट ११०६५ जनामा डेंगु पुष्टि भएको मत्रालयले जनाएको छ ।
२०१९ मा प्रकोपका रुपमा फैलिएको डेंगु नेपालमा २०६१ मा पहिलो पटक देखिएको थियो ।
ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोगको रुपमा रहेको डेंगुका प्रमुख लक्षण उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता लाग्नु हुन्।
यो लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि बढी सक्रिय हुने कुरा चिकित्सकहरुले वताएका छन् ।
सरकारले डेंगु रोकथामका लागि अहिलेसम्म कुनै कदम चालेको छैन । केवल फोस्रो आश्वासनको रुपमा राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने भनेको छ।
