काठमाण्डौ, २९ भदौ । प्रतिनिधिसभाको आजको बैठक अन्तिम भए नभएको जानकारी संसद सचिवालयले नगराएपनि सांसदहरुले भने सम्भवतः भन्दै अन्तिम रहेको वताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा सांसदहरुले सो कुरा वताउनुभएको हो ।

सांसद रङ्गमती शाहीले कर्णालीका आफ्नो अन्तिम बैठक भएको बताउदै संसदमा पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा समेत माग्नुभयो ।

सांसद राजेन्द्रकुमार केसीले विवादास्पद संसद्को कार्यकालका बारेमा
निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन माग गर्दै वर्तमान संसद् बैठक आफ्नो अन्तिम रहेको वताउनुभयो ।

यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल सकिन लागेको मात्र वताउनुभयो ।

सांसद महेन्द्रकुमारी लिम्बूले संसद्मा आजको बैठक आफ्नो अन्तिम भएको उल्लेख गर्दै आगामी मङ्सिर ४ गते गठबन्धन सरकारले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले आगामी असोज १ गते राति १२ बजेदेखि हालको प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने भनी निर्वाचन आयोगले पठाएको पत्रका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भीमसेनदास प्रधानले संसद्को यो कार्यकालमा संसद्मा बस्ने र नबस्नेको सही मूल्याङ्कन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर