काठमाडौं, २५ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र २०२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उक्त समयावधिमा १३० जना सङ्क्रमित विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २४३० छ ।
