काठमाडौं, २४ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११६८ जनाको पीसीआर र २१०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही समयावधिमा १३३ जना सङ्क्रमित विसेक भएका छन् भने २ जनाको ज्यान गएको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २४४८ रहेको मंत्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर