काठमाण्डौं, २४ भदौ । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधन भएको छ । त्यहाँको समय अनुसार उहाँको निधन हजो बिहीवार साँझ ६.३० भएको लण्डनस्थित बकिङघम दरबारले जानकारी गराएको हो । उहाँ ९६ बर्षको हुनुहुन्थ्यो ।

महारानीको निधन स्कटल्याण्ड स्थित बालमोरल दरबारमा भएको हो । उहाँ गर्मी छल्न त्यहाँ जानुभएको थियो ।

सन् १९५२ मा बेलायतको राजगद्दीमा आसीन महारानी एलिजाबेथले ७० बर्ष गद्दी समाल्नु भयो ।

बकिङ्घम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ”आज बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ ।”

महारानीको निधन भएको घोषणा गरिएपछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।

महारानीको निधनपछि अब उहाँका जेठा छोरा चार्ल्स तृतीय ७३ बर्षको उमेरमा बेलायतको राजा बन्नुभएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए ।  विन्स्टन चर्चिल देखि लिज ट्रससम्म ।

वर्तमान प्रधानमन्त्री ट्रसले गत मंगलबार महारानी एलिजाबेथको हातबाट नियुक्ति लिनुभएको हो ।

महारानीको एलिजाबेथको जन्म सन् १९२६ को २१ अप्रिलमा लण्डनको मेफएरमा भएको थियो।

उहाँले सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर