काठमाडौं, २१ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३०० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५९० नमुना परीक्षण गर्दा सो पुष्टि भएको हो ।
सोही समयावधिमा १२४ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी अहिले सक्रिय संक्रमितको संख्या २४५७ रहेको छ।
