काठमाण्डौं, २० भदौ । संयुक्त अधिराज्य (बेलायत) को प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त हुने हुनुभएको छ । कन्जरभेटिभ पार्टीले उहाँलाई आज आफ्नो दलको नेता चयन गरेपछि ट्रस प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

त्यहाँको समयानुसार आज सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेता निर्वाचित भएको घोषणा गरियो ।

दलको नेता बनेसँगै उहाँ मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनुहुने छ ।

कन्जर्भेटिभ पार्टीको नेताको चुनवमा लिज ट्रस र ऋषि सुनक प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

कन्जरभेटिम पार्टीका सांसदहरूले ऋषि सुनकलाई रुचाएका थिए । संसदभित्रको सबै चुनावमा सुनक लिजभन्दा अघि हुनुहुन्थ्यो ।

तर पार्टीका सदस्यहरूले लिजलाई रूचाए । त्यसपार्टीमा १ लाख ६० हजार सदस्य मतदाता थिए ।

त्यसमा लिजले  ८० हजार र सुनकले ६० हजार सदस्यको मत पाउनुभएको छ । यो परिणाम पछि ऋषि सुनक प्रधानमन्त्रीको दौडबाट बाहिरिनु भएको हो ।

नयाँ प्रधानमन्त्री ट्रसले युकेको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

प्रतिक्रिया

सम्बन्धित खवर