काठमाडौं, १५ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा १ जना संक्रमितको ज्यान गएको छ भने १७५ जना विसेक भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या ३१९४ रहेको मन्त्रालयले जनाएको छ।
