काठमाडौं, १४ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजन परिक्षण गर्दा थप २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २४६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले २३२ जना संक्रमणबाट विसेक भएका छन् भने कोरोनाको सक्रिय संक्रमितको संख्या ३१४६ पुगेको मन्त्रालयले जनाएको छ।
