काठमाडौं, ११ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षण गर्दा ६५ र एन्टिजेन परिक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार सो समयावधिमा ३९६ जना कोरोनाबाट विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या ३६१२ पुगेको छ।
