काठमाडौं, ३० साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१५५ जनाको पीसीआर परिक्षण गर्दा ४२७ जना र २५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा कोरोनाबाट १ जनाको ज्यान गएको छ भने ४७४ जना विसेक भएका छन्।
यसैगरी अहिले सक्रिय संक्रमितको संख्या ५३८७ पुगेको छ।
