काठमाडौं, २८ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३९९ पीसीआरबाट १६२ र १७६६ एन्टिजेनबाट १०१ संक्रमित पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ भने ५०१ जना संक्रमित विसेक भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ५४३४ पुगेको छ।