अमेरिका, २८ साउन । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे जानकारी सुखद नरहेको उहाँका प्रतिनिधिले बताएका छन्।
उहाँलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए।
अहिले उहाँ भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्।
उनले रुस्दीले एउटा आँखा गुमाउन सक्ने समेत बताए।
सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका छन्।
प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।
ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कस्थित शटोक्वा इन्स्टिच्यूशनमा हमला गरेको प्रहरीले जनाएको छ।
सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ, उहाँको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन, उहाँका एजेन्ट वायलीले भनेका छन्।
प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन।
प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ।
रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन्।
उनलाई हेलिकोप्टरमा अस्पताल लगिएको थियो।
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट्स चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए ।
तर उहाँको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उहाँलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पार्यो।
पेट र गर्धनमा चक्कु प्रहार गरेका रुस्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इरानका आयातोल्लाह रुहाल्लाह खामेनेईले उहाँको कुख्यात फतवा जारी गरेका थिए।
फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो र हत्यामा संलग्न हुने सबैलाई पुरस्कृत गर्ने भनिएको थियो।
फतवा कहिले पनि औपचारिक रूपमा फिर्ता लिइएन।
व्यापक विरोध भएको देखेपछि अचम्भित भएका सलमान रुस्दीले मुश्लिमहरूसँग क्षमा मागे र लुकेर बस्न थाले।
हमलाकारीले आक्रमण किन गरे भन्ने कुरा अनुसन्धानका लागि एफबीआईको पनि मद्दत लिन लागिएको प्रहरीले जनाएको छ।
सन्दिग्ध हमलाकारी हादी मतार एक्लै आएको पनि बताइएको छ।
सन्दिग्ध हादी मतार दौडँदै मञ्चतर्फ गएको र सलमान रुस्दीको घाँटी र पेटमा कम्तीमा एक एक पटक चक्कु प्रहार गरेको बताइएको छ।
हमलापछि उनलाई हेलिकप्टरमा अस्पताल लगिएको थियो
रुस्दी सहभागी हुने कैयौँ कार्यक्रमहरू कैयौँले बहिस्कार गर्थे र खतराको जोखिममा पर्थे तर उनले निरन्तर रूपमा लेखिरहेका छन्। बीबीसी
